काठमाडौं । नेपाली अल्ट्रा/ट्रेल रनर दावा तामाङले फ्रान्समा हुने यूटीएमबी वर्ल्ड सिरिजको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अगस्ट २८ तारिखमा हुने प्रतियोगिताको १०० किलोमिटर दूरीको दौडमा सहभागी हुन दावा मंगलबार फ्रान्स प्रस्थान गरेका छन् ।

गत वर्ष अस्ट्रेलियामा भएको कोसियुस्को यूटीएमबीअन्तर्गत १०० किलोमिटर दूरीको दौडमा गरेको प्रदर्शनका आधारमा दावा फ्रान्समा हुने वर्ल्ड सिरिजको फाइनलका लागि छनोट भएका हुन् । उनले उक्त दौड १४ घण्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेका थिए ।

ADVERTISEMENT

फ्रान्स प्रस्थान गर्नुअघि एक्सटेप नेपालका निर्देशक गणेशमान श्रेष्ठले जावलाखेलस्थित एक्सटेपको आउटलेटमा दावालाई बिदाइ गरेका थिए ।

ADVERTISEMENT

दावाले फ्रान्समा आफ्नो यसअघिको समय सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन् । उनले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्ने प्रयास गर्ने बताए ।

ADVERTISEMENT