काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६३१ बिन्दुमा पुगेको छ ।

सोमबार १४५ कम्पनीको मूल्य बढेको छ । १०३ कम्पनीको मूल्य भने घटेको छ । आज ३१८ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । आइतबारभन्दा सोमबार सेयर कारोबार रकम घटेको हो । हिजो साढे सात अर्बको कारोबार भएको थियो ।

ADVERTISEMENT

सोमबार सबैभन्दा धेरै कारोबार साहस उर्जाको भएको छ । साहसको ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ३१ करोड, बुटवल पावर कम्पनीको ३० करोड, सप्तकोशी डेभलपमेन्टको २५ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । राप्ती हाइड्रो एन्ड जनरलको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।