काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक बढेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ अंक बढेर २७८६.३५ विन्दुमा पुगेको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ ।
जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत शुक्रबार चार अर्ब ४९ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । आज ३४२ स्टकको ७५ हजार ८५६ पटकको कारोबारमा पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँबराबरको एक करोड ४५ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार र अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ।
थ्रीस्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.०१ प्रतिशत बढेको छ। सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य यस दिन सर्वाधिक १०.३२ प्रतिशत घटेको छ।








