काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ ।

ADVERTISEMENT

महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।