काठमाडौँ। जीवन बीमा कम्पनीहरूमा कुल सक्रिय रहेका बीमालेखको संख्या १ करोड १५ लाख ७१ हजार २० वटा पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले उक्त बीमालेखमार्फत कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख ९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

जीवन बीमा कम्पनीहरूले गरेको कुल बीमाशुल्क आर्जन रकममध्ये राष्ट्रिय जीवन बीमा कम्पनीमा मात्र चालु आवको चैत मसान्तसम्म ५ लाख ६८ हजार ७ सय ४५ कुल सक्रिय जीवनलेखको संख्या कायम रहँदा कुल बीमाशुल्क आर्जन रकम ९ अर्ब ११ करोड ८३ लाख ५२ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्समा कुल सक्रिय जीवन बीमालेखको संख्या १३ लाख १८ हजार ७ सय ५४ पुग्दा कुल बीमाशुल्क आर्जन रकम १७ अर्ब ७ करोड ९४ लाख ९३ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा चालु आवको चैत मसान्तसम्म १८ लाख ९३ हजार ७ सय ९१ सक्रिय जीवन बीमालेख हुँदा कुल बीमाशुल्क आर्जन रकम ३६ अर्ब ८६ करोड १९ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडमा पनि कुल सक्रिय जीवन बीमालेखको संख्या ५ लाख ९३ हजार ७ सय ८४ पुग्दा कुल बीमाशुल्क आर्जन रकम १५ अर्ब १७ करोड ८ लाख २६ हजार रुपैयाँ पुगेको छ।मेटलाइफ इन्स्योरेन्स कम्पनीमा कुल सक्रिय जीवन बीमालेखको संख्या ५ लाख ५२ हजार ५ सय ४८ हुँदा कुल बीमाशुल्क आर्जन रकम ४ अर्ब ९० करोड ५४ लाख ७२ हजार रुपैयाँ पुगेको छ। एशियन लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या ५ लाख ८२ हजार ५ सय हुँदा कुल बीमाशुल्क आर्जन रकम ७ अर्ब २४ करोड ७० लाख ४८ हजार रुपैयाँ पुगेको छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा कुल सक्रिय जीवन बीमालेखको संख्या ५ लाख १६ हजार १ सय ६६ पुग्दा कुल बीमाशुल्क आर्जन रकम ४ अर्ब ५९ करोड १३ लाख ४७ हजार रुपैयाँ पुगेको छ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कुल सक्रिय जीवन बीमालेखको संख्या ३ लाख २७ हजार ३ सय ६५ हुँदा कुल बीमाशुल्क आर्जन रकम ३ अर्ब १७ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ।रिलायबल नेपाल लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या २ लाख २३ हजार ७ सय ८६ हुँदा कुल बीमाशुल्क आर्जन रकम ४ अर्ब ४४ करोड ९० लाख ६५ हजार रुपैयाँ पुगेको छ।

जीवन बीमा कम्पनीहरुमा रहेको कुल सक्रिय जीवन बीमालेख र कुल बीमाशुल्क आर्जन रकम

(श्रोतः नेपाल बीमा प्राधिकरण)

सिटिजन लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या ७ लाख १५ हजार २ सय ७३ हुँदा कुल बीमाशुल्क आर्जन रकम ६ अर्ब ५ करोड ७१ लाख ४२ हजार रुपैयाँ पुगेको छ।सूर्यज्योति लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या ५ लाख ११ हजार ९ सय ८३ हुँदा कुल बीमाशुल्क आर्जन रकम ८ अर्ब ५५ करोड १५ लाख ८८ हजार रुपैयाँ पुगेको छ।सानिमा लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या ४ लाख १८ हजार ५ सय २९ हुँदा कुल बीमाशुल्क आर्जन रकम ५ अर्ब ४२ करोड ४४ लाख ४ हजार रुपैयाँ पुगेको छ।हिमालयन लाइफमा कुल सक्रिय जीवन बीमालेखको संख्या ४ लाख १८ हजार ८ सय २१ हुँदा कुल बीमाशुल्क आर्जन रकम १३ अर्ब २६ करोड ६१ लाख ३७ हजार रुपैयाँ पुगेको छ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा कुल सक्रिय जीवन बीमालेखको संख्या २ लाख ६१ हजार ३ सय ७० हुँदा कुल बीमाशुल्क आर्जन रकम ४ अर्ब १९ करोड २२ लाख ७३ हजार रुपैयाँ पुगेको छ।
जीवन बीमा कम्पनीहरुमा रहेको कुल सक्रिय जीवन बीमालेख र कुल बीमाशुल्क आर्जन रकम