काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

ADVERTISEMENT

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा समेत बादल लाग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

शुक्रबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।