काठमाडौं । नेपाली बजारमा सुनचाँदी दुवैको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले बढेको हो ।
सोमबार दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख ९९ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी आज प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।







