काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन दुई लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।







