काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुन यही मूल्यमा स्थिर रहेको थियो। तर गत बुधबार भने सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँसम्म पुगेको थियो भने चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन करिब ४ हजार ७०० अमेरिकी डलर र चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








