काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

ADVERTISEMENT

त्यस्तै, बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

ADVERTISEMENT

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य १० ग्रामको २ हजार ६०६ रुपैयाँ तोकिएको छ ।