काठमाडौं । कुमारी बैंक लिमिटेड भिसा इन्टरनेसनलबाट लगातार तेस्रो वर्ष दुई विधामा सम्मानित भएको छ।

भिसा इन्टरनेसनलद्वारा आयोजित ‘VISA Leadership Conclave Nepal 2026’ मा बैंकलाई सीमापार कारोबार र उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो।

ADVERTISEMENT

बैंकले ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको जनाएको छ।

ADVERTISEMENT

यी सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा बैंकले हासिल गरेको उपलब्धिलाई प्रतिबिम्बित गर्ने बैंकको भनाइ छ।

डिजिटल भुक्तानी प्रणालीको बढ्दो प्रयोगसँगै बैंकले भिसा कार्डमार्फत सुरक्षित र सहज भुक्तानी सेवा उपलब्ध गराउँदै आएको छ। साथै, अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको जनाएको छ।

२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ।