काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसा इन्टरनेसनलद्वारा आयोजित ‘Visa Leadership Conclave’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ।
बैंकले ‘Excellence in Contactless Acquiring’ र ‘Excellence in POS Acquiring Business – Principal Client’ विधामा अवार्ड जितेको हो।
व्यवसाय सुरु भएदेखि हालसम्म उच्चतम Acquirer रेकर्ड कायम गर्न सफल भएको भन्दै बैंकलाई यी अवार्ड प्रदान गरिएको जनाएको छ।
भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन मिलेको बैंकको भनाइ छ।
हाल हिमालयन बैंकले देशभर १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर र २७९ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकका ९ हजारभन्दा बढी POS टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्र सञ्चालनमा छन्।
बैंकले डिजिटल भुक्तानी र कार्ड कारोबारको पहुँच विस्तार गर्दै ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको जनाएको छ।












