काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छैन । सोमबार तोलामा ६५ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार एक हजार ६ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य दुई लाख ७५ हजार पाँच सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य भने बढेको छ। चाँदी ८० रुपैयाँले बढेर चार हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी चार हजार चार सय २५ रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको मूल्य घटेकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो ।








