काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएका उनलाई केहीबेर प्रहरी परिसर भद्रकालीमा राखेर थप परीक्षणका लागि अस्पताल पुर्‍याइएको हो।प्रहरीले नियमित प्रक्रिया अन्तर्गत स्वास्थ्य जाँच गराउन अस्पताल लगिएको जनाएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि ओलीलाई नियन्त्रणमा लिइएको हो।

यसैबीच, ओलीको पक्राउपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ। पार्टीले आज बिहान च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक राखेको जनाएको छ।

ADVERTISEMENT

सचिवालय बैठकपछि केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरूसँग थप छलफल हुने कार्यक्रम तय गरिएको छ। पार्टीका नेताहरूका अनुसार ती बैठकहरूले आगामी विरोधका कार्यक्रम र रणनीति निर्धारण गर्नेछन्।