काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० तथा एक तोला चाँदीको मोल चार हजार ८८० निर्धारण भएको छ । चाँदी पाँच रुपैयाँले घटेको छ ।
मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल चार हजार ८८५ निर्धारण भएको थियो । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







