काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको चार हजार १०० रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो ।

सोमबार सुन तोलामा तीन लाख चार हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तीन लाख ५०० रुपैयाँ थियो ।

ADVERTISEMENT

महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर पाँच हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य पाँच हजार १० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आउँदा त्यसको असर नेपालमा पनि परेको हो ।