काठमाडौं । वीरगन्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले एक करोड धरौटी माग गरेको छ। मंगलबार अदालतले मुद्दाको सुनुवाइ गर्दै लामिछानेसँग एक करोड धरौटी माग गरेको हो ।
अदालतका स्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार उक्त मुद्दामा सुनुवाइका लागि लामिछाने अदालतमा उपस्थित भएका छन्। उनले धरौटी बुझाउने प्रक्रिया चलिरहेको जानकारी दिए। आगामी प्रतिनिधिसभा चुनावका लागि चितवन २ बाट उम्मेदवारी दिनुपर्ने व्यस्तताबीच लामिछाने अदालत पुगेका थिए।
लामिछाने आजै चितवन २ मा उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदैछन् । सोमबार जनकपुरधामबाट चुनावी अभियान सुरु गरेका रवि मंगलबार पर्सा जिल्ला अदालत पुगेका थिए ।







