काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फेसबुक पेज लक गरिएको छ ।

अनधिकृत पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटाले उक्त पेजलाई हालका लागि बन्द गरिदिएको रुटिन अफ नेपाल बन्दका मालिक भिक्टर पौडेलले बताए ।

ADVERTISEMENT

रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन् । फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।