काठमाडौं।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकका लागि नेताहरू सानेपास्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। हिजोका लागि बोलाइएको बैठक बेलुका अबेरसम्म पनि बस्न नसकेपछि आज बिहान ८ बजेका लागि पुनः तय गरिएको थियो।

तर निर्धारित समय बितिसक्दा पनि केन्द्रीय समिति बैठक भने सुरु हुन सकेको छैन। बैठक ढिला हुनुको कारणबारे औपचारिक जानकारी नआए पनि पार्टीभित्र जारी आन्तरिक छलफल र सहमतिका प्रयासका कारण बैठक सुरू हुन ढिलाइ भएको बताइन्छ।

ADVERTISEMENT

विषेश महाधिवेशनबाट पार्टी कसरि अगाडी बढ्ने पार्टी एकता कायम कसरी रहन्छ लगायत अब पार्टी कसरि अगाडी बढ्ने आउदै गरेको फागुन २१ गते चुनावमा कसरी जनता सम्म जाने भन्ने बिषयमा सम्म छलफल हुने जानकारी केन्द्रिय सदस्यहरुले वृतान्तलाइ जानकारी दिए।