काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुने भएको छ ।
कांग्रेसको विधान, निर्वाचन निर्देशिका २०८३ तथा महाधिवेशनको बन्दसत्रबाट स्वीकृत पदअनुसार केन्द्रीय कार्यसमितिका पद, समूह र सङ्ख्या निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन हुने पदमा सभापति १, वरिष्ठ उपसभापति १, उपसभापति ४, महामन्त्री ३, सहमहामन्त्री ११ तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्यका पद रहेका छन् । सभापतिले मनोनीत गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनीत सदस्य भने निर्वाचनबाट चयन हुने छैनन् ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरोकारवालालाई निर्वाचन हुने पद, समूह र सङ्ख्याबारे जानकारी गराएको छ। कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ ।
सूची हेर्नुहोस्








