काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ।
महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित भएको जानकारी दिएका हुन्।
पारित संशोधनअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ। त्यसमध्ये ६१ सदस्य मनोनीत हुने व्यवस्था गरिएको छ।
नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्।
उपसभापतिमा एक महिला र एक समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ। त्यस्तै, महामन्त्रीमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।
सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित भएर आउनेछन् भने चार जना मनोनीत हुने व्यवस्था विधान संशोधनमा गरिएको छ।
विधान संशोधनसँगै कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको संरचना र पदाधिकारीको संख्या पनि परिवर्तन भएको छ।







