काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ ।
१०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको पाँच करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि बुटवल पावर कम्पनीको ६४ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, न्यादी गुप्रको ५० करोड र सानिमा माइ हाइड्रोको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार चारवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त र सानभी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।





