काठमाडौं । करिब तीन महिनापछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुलेको छ। सोमबारदेखि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिन सकिने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो।

ADVERTISEMENT

आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि सेयर छुट्याएपछि बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

ADVERTISEMENT

अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले अनलाइन प्रणाली ‘मेरो सेयर’ तथा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्। यसअघि गत जेठ २८ गते सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुलेको थियो।

ADVERTISEMENT

त्यसयता सर्वसाधारणका लागि नयाँ आईपीओ खुलेको थिएन।