काठमाडौं । हरितालिका तीजको दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ ।

तीजको दिन भएकाले होला आज कारोबार रकम भने निकै कम भएको छ । ३२२ कम्पनीको मात्र ९२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब १८ करोड बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

आज १४९ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको बढेको छ । जसमा सबै भन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ४८ करोड बराबरको कारोबार भएको छ ।

साथै, हिमालय रिइन्स्योरेन्सको २१ करोड, एनआरएन इन्फ्रास्टक्चरको १९ करोड, हिमालयन डिस्टिलरीको १६ करोड र बुटवल पावर कम्पनीको १४ करोड बराबरको कारोबार भएको छ ।

मंगलबार विकास हाइड्रोपावर कम्पनीको सेयरमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ ।