काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ बिन्दुमा झरेको छ । विगत केही दिनदेखिको घट्ने क्रमलाई नेप्सेले आज पनि निरन्तरता दिएको हो ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । ३३४ कम्पनीको एक करोड कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार शुक्रबार ८४ कम्पनीको सेयर मूल्य बढ्दा १८५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सोलु हाइड्रो कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । रिडीपावरको २३ करोड, सानिमा बैंकको १७ करोड, खानीखोला हाइड्रोको १३ करोड र आँखु खोलाको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

ADVERTISEMENT

आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ८.५४ प्रतिशत र एचएलआई लार्जको सेयर मूल्य ५.१८ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT