काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४३ अंकले बढेर २६७६.०३ को बिन्दुमा पुगर बन्द भएको हो ।
बिहीबार ३ सय ३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार ८ सय ७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १ सय ४३ रुपैयाँ बराबर कारोबार भएको छ ।
बिहीबार एनआरएन इनफ्राष्ट्राक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४० करोड १७ लाख रुपैयाँ बराबर संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५ सय १५ रुपैयाँ पुगेको छ ।
बिहीबार १ सय ३१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, बिहीबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ ।







