काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । नेकपाले एकता सन्देश सभाअघि राजधानीमा जुलुस निकालेको छ।

बागमती प्रदेशस्तरीय एकता सन्देश सभाअघि जुलुस आयोजना गरिएको हो । प्रदर्शनीमार्गमा सन्देश सभा गरिँदै छ । त्यसअघि राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनी मार्ग पुगेर सभामा परिणत हुनेछ ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी, एकीकृत समाजवादीसहित १६ वटा वाम दल र समूह मिलेर नेकपा गठन भएपछि देशका प्रमुख सहरमा एकता सन्देश सभा आयोजना गरिँदै आएको छ । राजधानीमा अन्तिम सन्देश सभा भएकाले नेकपाले यसलाई शक्ति प्रदर्शनका रूपमा लिएको छ ।