काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन चार हजार ५५ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।