काठमाडौं । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बुधबार विभिन्न मिडियाका सम्पादकहरूसँग छलफल गरे । उनले आफूले आसन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने बताए । त्यति मात्र होइन, उनले अध्यक्ष केपी ओलीलाई मार्गप्रशस्त गर्न भने । ओलीबाहेक तेस्रो व्यक्ति अध्यक्ष अघि सारिए आफूले समर्थन गर्ने पनि बताए ।

एमाले अध्यक्ष केपी ओलीले पनि सम्पादकहरूसँग छलफल गर्दैछन्। प्रेस चौतारीले बिहीबार दिउँसो १ बजे कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग छलफल अन्तरक्रिया राखेको अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

ADVERTISEMENT

महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष ओली र उनलाई चुनौती दिने गरी अघि बढेका वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले छुट्टाछुट्टै व्यानरमा अन्तरक्रिया गरिरहेका छन्। संस्थापन पक्षले प्रेस चौतारीको ब्यानरमा नेता निम्त्याएर अन्तरक्रिया गरिरहेको छ।

एमालेको ११औं महाधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ।

ADVERTISEMENT