काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। उनको रिट न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा छ।

बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपरेपछि सुनुवाइ हुन सकेको थिएन । आज सुनुवाइ अघि बढेको छ । गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। साथै, लामिछानेलाई थुनामा राख्ने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)को आदेशउपर परेको निवेदनमा पनि सँगै सुनुवाइ हुन लागेको छ।

ADVERTISEMENT

इजलासमा एउटै मात्र मुद्दा छ। सुनुवाइ सकेर आजै आदेश आउने सम्भावना छ। सहकारीमा आफ्नो कुनै सम्बन्ध नै नभएको र गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक भएकै आधारमा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानले लगाउँदै आएका छन्।

ADVERTISEMENT

रवि पक्षका ११ कानुन व्यवसायीले मंगलबार बहस गरेका थिए । अधिवक्ता रमन श्रेष्ठको बहस जारी छ । पूर्वडिआइजी छविलाल जोशी पक्षका कानुन व्ववसायीले बहस सकेमा दुवैलाई सँगै राखेर सम्भवतः आजै आदेश आउन सक्ने स्रोतले बतायो ।