काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज पार्टीका सांसद तथा मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।

प्रतिनिधिसभामा पार्टीका मन्त्री र सांसदबीच दूरी बढ्दै गएको विषयलाई लिएर सभापति लामिछानेले छलफल गर्न लागेको जनाइएको छ। रास्वपाकी केन्द्रीय सदस्य लिमा अधिकारीका अनुसार बिहान ११ बजे संसदीय दलको कार्यालयमा सबै मन्त्री तथा सांसदलाई उपस्थित हुन भनिएको छ।

ADVERTISEMENT

छलफलका क्रममा सभापति लामिछानेले पार्टीका सांसद तथा मन्त्रीलाई मर्यादा र आचरणका विषयमा निर्देशन दिने बताइएको छ।

ADVERTISEMENT

यस्तै, सरकारमा पार्टीको भूमिका, सरकारका कामकारबाही तथा संसद्मा सांसदहरूको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने जनाइएको छ।