काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
पार्टीले विद्युतीय भोटिङ तथा प्रवासमा रहेका प्रतिनिधिहरूका लागि मोबाइल एपमार्फत गरिएको मतदानबाट निर्वाचित केन्द्रीय सदस्यहरूको मतपरिणामसहितको आधिकारिक सूची सार्वजनिक गरेको हो।
रास्वपाको विधानअनुसार केन्द्रीय समितिमा १५० भन्दा बढी सदस्य रहने व्यवस्था छ, जसमध्ये ९९ जना निर्वाचनबाट चयन भएका छन् भने बाँकी ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्नेछन्।
महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। अब पदाधिकारी चयनको प्रक्रिया टुंग्याएर महाधिवेशन समापन गर्ने तयारी पार्टीले गरेको छ।
चितवनमा जारी महाधिवेशन निर्धारित समयभन्दा लम्बिए पनि नेतृत्व चयनको मुख्य प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै पदाधिकारीको टुंगो लाग्ने अपेक्षा गरिएको छ।
यी हुन् रास्वपा निर्वाचित ९९ सदस्य














