काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतिताला २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, मंगलबार चाँदीकाते मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।







