काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । आइतबार पनि अमेरिकी डलरको विनिमय दर यही कायम थियो ।
युरोपियन युरो भने आइतबारको तुलनामा सोमबार केही बढेको छ । आज युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा छ । आइतबार एकको खरिदर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा थियो ।
यस्तै सोमबार युके पाउण्ड स्टर्लिङ भने आइतबारको तुलनामा केही घटेको छ । सोमबारपाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा छ । आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ १ पैसा थियो ।






