काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा कायम भएको छ।
यसैगरी, युरो एकको खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८३ पैसा रहेको छ। पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ र बिक्रीदर २०२ रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।राष्ट्र बैंकका अनुसार स्विस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ १२ पैसा र बिक्रीदर १८३ रुपैयाँ ८४ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा कायम भएको छ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा उल्लेख गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०५ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।








