काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको हो । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा किनबेच भएको थियो ।

ADVERTISEMENT

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर दुई हजार ९२० रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।