काठमाडौं । कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (करसमेत) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको छ ।
साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदनसहित आ.व.२०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्वन्धित अनुसूचीहरू सर्वसम्मतिले पारित भएको छ ।
सभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहअन्तर्गत सुदीप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभाले आ.व. २०८२/०८३ को लेखापरीक्षण नियुक्ति गर्न बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएकोमा आगामी दिनहरूमा संस्थालाई दिगो बनाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।








