काठमाडौं । कामना सेवा विकास बैंकले झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई दुई थान वाटर प्युरिफायर र चार थान मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग गरेको हो ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई वाटर प्युरफायर र मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरे ।
बैंकको सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरु लाभान्वित हुने, तर विशेषगरी आर्थिक रुपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरुका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने विश्वास वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए । साथै, उनले यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि दिए ।







