काठमाडौं । कामना सेवा विकास बैंकले नवलपरासीको देवचुलीस्थित जनज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवचुली नगरपालिका- १५ स्थित जनज्योति माध्यमिक विद्यालयमा अभिभावक प्रतीक्षास्थल निर्माणमा सहयोग गर्नुका साथै अन्य शैक्षिक सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।

बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक-अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्चीहरु तथा विद्यालयलाई आवश्यक सेतो पाटी हस्तान्तरण गरेका छन् ।

ADVERTISEMENT

नारायणगढ क्षेत्र प्रमुख भण्डारीले बैंकको तर्फबाट अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित, सम्मानजनक तथा सहज प्रतीक्षास्थलको लागि पनि सहयोग गरेका छन् ।

ADVERTISEMENT

शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले सहयोग उपलब्ध गराएकोमा बैंकप्रति धन्यवाद ज्ञापन गर्र्दै सो सहयोगले विद्यालयमा आउने अभिभावक, विद्यार्थी, शिक्षक तथा सेवाग्राहीका लागि थप सहज र व्यवस्थित वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ADVERTISEMENT

कार्यक्रममा बैंकका कर्मचारीहरु, जनज्योति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुको उपस्थिति थियो । बैंकले आगामी दिनमासमेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।