काठमाडौँ । चालुु आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा १५ खर्ब भन्दा बढी विप्रेषण आप्रवाह(रेमिट्यान्स) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार एघार महिनामा गत वर्षको तुलनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड भित्रिएको हो । गत वर्ष सो अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

२०८२ जेठ महिनाको विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । गत वर्ष सो सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।
सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशकतले बृद्धि भई ११ अर्ब २५ करोड पुुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।