काठमाडौं,  नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न आज  रु. ८० अर्ब बराबरको निक्षेप संकलन उपकरण निष्काशन गरेको छ। ५६ दिन अवधिको लागि खोलिएको यो निक्षेप संकलन बोलकबोल प्रणालीमार्फत हुनेछ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

बोलकबोलको समय सीमा आज मध्यान्ह ३:०० बजेसम्म तोकिएको छ, जसमा सहभागी बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणात्मक अनुपातमा रकम प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकले संकलन गरेको यो  रकमलाई बैंकहरुले  अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नमिल्ने स्पष्ट पारेको छ, तर उक्त रकमलाई SLR तथा Liquidity Ratio मा भने गणना गर्न पाइनेछ। 

ADVERTISEMENT