काठमाडौं । चालु आर्थिक बर्ष २०८२\०८३ को दुुई महिनामा ३ खर्ब रुपैयाँ बढीको वस्तु आयात भएको छ ।
भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आवको साउन देखि भदौसम्मको नेपालमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो ।

गत आर्थिक बर्षको यहि अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा नेपालमा २ खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

नेपालमा आयात उच्च भईरहँदा नेपालले गर्ने निर्यातको व्यापार पनि उल्लेख्य सुधार भएको विभागको तथ्यांकमा देखिन्छ ।

विभागका अनुसार चालु आवको पछिल्लो २ महिनामा गत आवको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ८८.५७ प्रतिशतले बढेको हो । यस अवधिमा नेपालले कुल ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको वस्तु विदेश निर्यात गरेको देखिन्छ । गत आवको पहिलो २ महिनासम्म यस्तो निर्यात २५ अर्ब ९ करोड रुपैयाँ मात्रै थियो ।

आयात बढ्दै गएपनि सो अनुुपातमा निर्याृत नहुँदा २ खर्ब ५७ अर्ब रुपैयाँ व्यापारघाटा रहेको छ ।