काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । २४ वर्षीय रोहितले सम्रन खड्कासँग वैवाहिक जीवन सुरु गरेका हुन् ।

रोहित र सम्रनको विवाह थाइल्यान्डमा सम्पन्न भएको हो । आफ्नो विवाहबारे रोहित आफैँले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ADVERTISEMENT

क्रिकेट मैदानमा नेपाली टोलीको नेतृत्व गर्दै आएका रोहितको व्यक्तिगत जीवनको यो नयाँ अध्यायले उनका समर्थक र शुभचिन्तकको ध्यान खिचेको छ । विवाहको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम बढेको छ ।

ADVERTISEMENT

नेपाली क्रिकेटमा कम उमेरमै कप्तानीको जिम्मेवारी सम्हालेका रोहितले अब जीवनको नयाँ यात्रा सुरु गरेका छन् । क्रिकेट समर्थकहरूले नवदम्पतीको सुखद वैवाहिक जीवनको कामना गरिरहेका छन् ।