काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

ADVERTISEMENT

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै, बिहीबार कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्र र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।