काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण असोज ३१ गते शनिबार हुने भएको छ।

कांग्रेस प्रचार समितिका अनुसार थापाको शपथग्रहण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे आयोजना हुनेछ।

ADVERTISEMENT

थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। सभापतिमा निर्वाचित भएसँगै उनले शनिबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

ADVERTISEMENT

अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम भने दसैँपछि आयोजना गरिने कांग्रेसले जनाएको छ।