काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्।

उनको पदभार ग्रहण कार्यक्रम केहीबेरपछि गृह मन्त्रालयमा तय भएको छ। मन्त्रालयमा दर्ज्यानी चिह्न (फूली) लगाएपछि उनले औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

ADVERTISEMENT

सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएसँगै डा. केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको हो।

ADVERTISEMENT