काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।

शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा बुधबार वार्ता समिति गठन गरिएको हो। समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन्।

ADVERTISEMENT

डा. केसी चिकित्सा शिक्षा आयोगले पूर्वाधार र कानुनी मापदण्ड पूरा नगरी एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको तथा सिट वृद्धि गरेको भन्दै अनशनमा बसेका छन्।

ADVERTISEMENT

उनले आयोगको उक्त निर्णय खारेज गर्न माग गरेका छन्। साथै, आयोगका उपाध्यक्ष र मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूबीच स्वार्थको द्वन्द्व रहेको आरोपसमेत लगाएका छन्।

सरकारले वार्ता समिति गठन गरेसँगै डा. केसीका माग सम्बोधन गर्ने विषयमा संवादको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।