काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा भइरहेकै बेला टस गरिएको थियो। वर्षाका कारण अम्पायरले छाता ओढेरै टस गराएका थिए।
वर्षा सुरु भएपछि मैदानको मुख्य पिचलाई त्रिपालले ढाकिएको छ। तर, आउटफिल्ड भने खुला नै राखिएको छ।
टसपछि दुवै टोलीका खेलाडी वार्मअपका लागि मैदानमा निस्किएका छन्। वर्षाका बीच खेल सञ्चालन हुने भए पनि मौसमले खेलको अवस्थालाई प्रभावित गर्न सक्ने देखिएको छ।









