काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा वर्षा सुरु भएको छ। काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीचको पहिलो खेल सकिएलगत्तै मैदानमा छिटपुट वर्षा भएको हो।

ADVERTISEMENT

वर्षा सुरु भएपछि मैदानलाई त्रिपालले ढाकेर राखिएको छ। आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने तालिका छ। वर्षाका कारण उक्त खेल प्रभावित हुन सक्ने सम्भावना छ।

ADVERTISEMENT

खेलअघि काठमाडौंको आकाश बादलले ढाकिएको थियो। आकाश धुम्मिएर मैदानमा अँध्यारो बढेपछि फ्लडलाइटसमेत बालिएको थियो।

वर्षा जारी रहेमा खेल सुरु हुने समय तथा खेल सञ्चालनमा असर पर्न सक्नेछ। यद्यपि, दोस्रो खेलबारे आयोजकबाट थप जानकारी आउन बाँकी छ।