काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस एउटै परिवार भएको र अहिले पार्टीभित्र जिम्मेवारी कसले लिने भन्ने विषयमा मात्रै प्रतिस्पर्धा रहेको बताएका हुन्।

ADVERTISEMENT

उनले पार्टीभित्रको प्रतिस्पर्धालाई जित्नेले सबै कुरा जित्ने र हार्नेले सबै कुरा हार्ने अवस्थाका रूपमा बुझ्न नहुने बताए।

ADVERTISEMENT

‘कांग्रेस एउटा परिवार हो। परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो। जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने।

थापाले सभापति वा पार्टीको अन्य कुनै पद स्थायी हैसियत नभई निश्चित समयका लागि दिइने जिम्मेवारी मात्र भएको बताए।

ADVERTISEMENT

‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन। यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो।’